७ कार्तिक २०८१, बुधबार

दाङको राप्ती गाउँपालिकामा योजना निर्माण तिव्र

प्रकाशित मिति :  29 December, 2020 11:57 am


दाङ । दाङको राप्ती गाउँपालिकामा कोभिड संक्रमण कम भएसंगै वार्षिक रुपमा संञ्चालन हुनु पर्ने योजना तथा कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुन थालेका छन् ।

विभिन्न योजनाहरु सञ्चालन भएसँगै निर्माणको चरणमा रहेका तथा निर्माण सम्पन्न योजनाहरुको अनुगमन तथा निर्माण समितिलाई सल्लाह सुझाव दिने कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

राप्ती गाउँपालिका वडा नं २ को राम नगरमा निर्माण भएको नाला तथा बाटो मर्मत, वडा नं ३ को भृकुटी महिला सहकारीको निर्माणाधिन भवन तथा वडा नं ७ को बड्का सिसहनिया स्थीत घाट जाने बाटो मर्मत कार्यको स्थलगत अनुगमन भएको छ ।

अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, सदस्य तारा कुमारी चौधरी, प्राविधिक द्धय विमला भट्टराई, प्रदिप बैदिक लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !