थबाङ गाउँपालिकाद्धारा असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण
रोल्पा । थबाङ गाउँपालिकाले असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र थबाङ गाउँपालिकाको आयोजनामा वडा नं. ४ र ५ का २० परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
थबाङ गाउँपालिका वडा नं ४ को घोराबाङ र ५ को हारजुवामा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका, प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्ति को उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण घोराबाङमा हित बहादुर रोका र हारजुवामा सुनिता घर्तीले गरेका थिए ।
थबाङ गाउँपालिकाका प्रत्येक वडाबाट १० जनाका दरले ५० जनालाई प्रति व्यक्ति १ वटा फाइबर सिरक र २५ के जी चामल वितरण गरिने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संयोजक सुनिता घर्तिले जानकारी दिइन् ।








