६६ प्रतिशत जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा ६६ प्रतिशत जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ जुबाङको नयाँगाउँमा ६६ प्रतिशत जनश्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको हो ।
सुनछहरी गाउँपालिकाको १ लाख २७ हजार ५ सय ५२ रुपैयाँ आईएनएफ रोल्पाको ७ लाख २० हजार २ सय २५ रुपैयाँ र श्रमदान १८ लाख ४३ हजार ८ सय ५१ रुपैयाँ जम्मा २६ लाख ९१ हजार ६ सय २८ रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो।
आयोजनाबाट नयाँ गाउँका २४ घरधुरी लाभान्वित भएका छन्। २४ घरमा नै कलधारा निर्माण गरिएको आईएनएफका प्राविधिक गोविन्द रिजालले जानकारी दिए ।उक्त गाउँमा पहिले एक घण्टा लगाएर खन्नेखोलाको कुवाको पानी खानेपानीको रुपमा प्रयोग गरिदै आएको स्थानीयवासी ६३ वर्षीय गोमान पुनले बताए ।
गाउँमा खानेपानी आएपपछि उद्घाटन तथा हस्तान्तरण एक कार्यक्रम गरि गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जनताको गुनासोलाई सम्बोधन गर्न सफल भएको बताए ।
अध्यक्ष पुनले पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउने अभियानमा लागेकोले सबैले सहयोग गर्न समेत अनुरोध गरे ।
आइएनएफ रोल्पाका परियोजना अधिकृत अर्जुन काप्रीले सुनछहरी गाउँपालिकामा खानेपानी तथा सरसफाइ र जलवायु परिवर्तन,आर्थिक जिविको पार्जन कार्यक्रम गरिरहेको जानकारी दिए ।
खानेपानीको मुहान लुङग्री गाउँपालिका वडा नम्बर ६ गुम्चाल बेरीमा छ । खानेपानीको मुहान भएको ठाउँका वासिन्दा पालबहादुर बिष्टले पानीको मुहानमा अवरोध नगर्ने प्रतिबद्धता जनाए ।








