प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिँढी निर्माण सुरु
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत फुलिवनदेखि सेरम गाउँसम्मको सिँढी निर्माण सुरु गरेको छ ।
कार्यक्रमको सेरमको फुलिबनमा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष आसबहादुर पुनले इमानदारीपूर्वक र सावधानीपूर्वक होशियारका साथ राम्रो र परिणाममुखी काम गर्न १०० दिने रोजगारमा संलग्न व्यक्तिहरुलाई आग्रह गरे ।
गाउँपालिकाको वडा नम्बर १ सेरमको फुलिबन लुङग्री नदीको किनारबाट सेरम गाउँसम्मका लागि सिढीँ निर्माण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १४ लाख ४७ हजार ६ सय रुपैयाँ विनियोजन भएकोरोजगार सेवा केन्द्रका संयोजक तिलभान पुनले जानकारी दिए ।
कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय रोजगार उपभोक्ता समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मिलन परियार,उपाध्यक्ष फर्की पुन,सचीव दुजमन परियार,सदस्यहरु स्मृति रोकामगर,देबिसिङ परियार,रामबहादुर रसाइली बुद्दिमला परियार रहेका छन् ।







