१४ माघ २०७९, शनिबार

सडक निर्माणमा खटिएकी मजदूरको मृत्यु

प्रकाशित मिति :  17 February, 2021 5:43 pm


कालीकोट। कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ ।

सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर ती महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकार दिए ।

“सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ”, अध्यक्ष खड्काले भने, “ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।”



प्रतिक्रिया दिनुहोस !