रोल्पामा टर्कीबाट आयात गरिएको दाँते ओखरको विरुवा वितरण

रोल्पा । टर्कीबाट आयात गरिएको दाँते ओखरको विरुवा सुनछहरी गाउँपालिकाको विभिन्न वडाहरुमा वितरण गरिएको छ।
मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ सेरम,वडा नम्बर २ भित्रीगाम, वडा नम्बर ३ बाहिरीगाम,वडा नम्बर ४ स्यूरी,वडा नम्बर ५ जैमाकसला,वडा नम्बर ७ जेलबाङमा बिरुवा वितरण गरिएको हो।
जैमाकसलामा १३२ वटा र अन्य प्रत्येक वडामा ६६ वटाको दरले जम्मा ४६२ वटा बिरुवा वितरण गरिएको गाउँपालिका कृषि शाखा संयोजक सिवकुमार झाले जानकारी दिए । वडा कार्यालयहरुको सिफारिसमा गरीब,विपन्न,अपांग तथा अशक्त भएका ब्यक्तिहरुलाई विरुवा वितरण गरिएको संयोजक झाले बताए ।
बिरुवा पाएपछी कृषकहरु हर्षित भएका छन्।
बिरुवा पाएपछि खुसी हुँदै वडा नम्बर ७ जेलबाङका कृषक राज रोकाले फलाएर बाहिर निर्यात गर्न सकियो भने आम्दानी बढने विश्वास व्यक्त गरे । यो बिरुवा हुर्काउन मात्र गाह्रो हुने हुर्किसके पछि धेरै संरक्षक गर्न नपर्ने भएकोले ओखरको खेती सजिलो पनि र गाउँपालिकामा सम्भावना भएकोले आफूले पनि बिरुवा लिएको बताए ।
गाउँपालिकाको सेरम, गाम,स्युरी,जैमाकसला र जेलबाङ लगाएतको ठाउँहरुमा ओखर खेतीको राम्रो सम्भावना रहेको गाउँपालिकाको भनाई छ ।