२९ मंसिर २०८२, सोमबार

सुनछहरी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रकाशित मिति :  1 April, 2021 5:32 pm


रोल्पा । सुनछहरी गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।

देविमन्दिर माध्यामिक विद्यालय सुनछहरी गाउँपालिका -५ पोबाङ रोल्पामा कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा भलिबल छात्र छात्रा प्रतियोगिता,एथलेटिक्स अन्तर्गत ८सय मिटर छात्र छात्रा दौड प्रतियोगिता ,छात्र छात्रा रिले दौड प्रतियोगिता, छात्र छात्रा हाइजाम्प, छात्र छात्रा लङजम्प, छात्र छात्रा त्रिपलजम्प ज्याभलिङ थ्रो, छात्र छात्रा सटपुट लगायतका कार्यक्रम आयोजना भएको गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा संयोजक नारायण गिरीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका भित्रका ८ वटा माध्यमिक बिद्यालयहरुले सहभागिता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !