१२ श्रावण २०८१, शनिबार

धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको सम्भाव्यता अध्ययन सुरु

प्रकाशित मिति :  2 April, 2021 11:23 am


रोल्पा। रोल्पाको रुन्टीगढी गाँउपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको सम्भाव्यता अध्ययन सुरु भएको छ ।

आर्थिक वर्ष०७७/०७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा रहेका धार्मिक,पुरातात्विक,प्राकृतिक सौन्दर्यता तथा पर्यटकीय सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्न सुक्ष्म अध्यन सुरु गरिएको रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन ध्रुबप्रकाश मल्लले जानकारी दिए ।

रुन्टीगढी गाउँपालिकाको पहिचान धार्मिक,साँस्कृतिक तथा पर्यटकीय स्थल भएको भन्दै मल्लले रुन्टीगढी गाउँपालिकाका सम्पदालाई संरक्षण तथा प्रर्वधनका लागि सुक्ष्म अध्यन सुरु गरिएको उनले जानकारी दिए ।

रुन्टीगढी गाँउपालिका अन्तर्गत रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको सुक्ष्म अध्यनको लागि पुरातत्वविद् डा.गोविन्द आचार्य लगायतको टोलीले अध्ययन सुरु गरेको हो ।

रुन्टीगढी गाउँपालिकामा पर्ने स्वर्गद्धारी महाप्रभुको जन्म स्थान रुन्टी, स्वर्गद्धारी महाप्रभुको तपस्या गरेको स्थान तथा बाइसे चौबिसे राजाहरूले किल्ला बनाएको क्षेत्र गढिलेक,काठै काठले निर्माण गरिएको अर्धनारेश्वरको मन्दिर क्षेत्र मुरुल्ले, शिवपार्वती गुफा झेनाम ,नागेश्वर मन्दिर डुव्रिङ तथा विभिन्न प्राकृतिक,सांस्कृतिक सम्पदा तथा प्रत्यक वडामा रहेका ऐतिहासिक महत्व विभिन्न क्षेत्रको सूक्ष्म अध्ययन हुने गाउँपालिकाले जनाएको छ ।

अध्ययनबाट आएका निष्कर्ष अनुसार आगामी आर्थिक वर्षमा पर्यटकीय क्षेत्रलाई विकास तथा स्थापित गर्न विभिन्न योजना बनाउन सकिने गाउँपालिकाको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !