१६ चैत्र २०८०, शुक्रबार

बजार अनुगमन निर्देशन समिति र अनुगमन टोली गठन

प्रकाशित मिति :  13 April, 2021 3:37 pm


रोल्पा । सुनछहरी गाउँपालिकाको ७ वटै वडाहरूमा उपभोक्ता हित संरक्षण सम्बन्धी अभिमूखिकरण तथा वडास्तरीय बजार अनुगमन निर्देशन समिति र अनुगमन टोली गठन कार्यक्रम सम्पन्न भएको छ ।

चैत्र २५ गते देखि वडा नम्बर ३ बाहिरीगामबाट सुरु भएको कार्यक्रम चैत्र ३० गते वडा नम्बर ७ जेल्बाङमा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष आश बहादुर पुन उपाध्यक्ष पवित्रा घर्तीमगरले सुनछहरी गाउँपालिकामा रहेका स्थानीय बजार, व्यवसायको अहिलेकोअवस्था र आगामी दिनहरूमा कसरी बजार व्यवसायलाइ ब्यवस्थित बनाउने भन्ने सन्दर्भमा व्यवसायीसँग छलफल र अन्तरक्रिया गरेका थिए ।

उपभोक्ता हित संरक्षण र बजार अनुगमनका सम्बन्धमा भएका कानूनी गाउँपालिकाका अधिकृत छैठौं रमेश गिरीले कानूनी व्यवस्था सम्बन्धमा जानकारी गराएका थिए । ७ वटै वडाका ६ स्थानमा सञ्चालित कार्यक्रममा ३८० जना सहभागीहरूको सहभागिता रहेको थियो ।

गाउँघरमा सञ्चालनमा रहेका व्यापार व्यवसायलाई गाउँपालिकामा दर्ता, व्यवसाय सूचिकृत, घरेलुमा दर्ता र पान नम्बर लिने सम्बन्धमा पनि छलफल गरिएको   थियो ।



प्रतिक्रिया दिनुहोस !