अक्सिजनसहितको आइसोलेसन तयार, कोरोना परीक्षण सुरु गरिने
प्रकाशित मिति : 14 May, 2021 5:28 pm
जुनिसकुमार विष्ट-
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा अक्सिजन सहितको ५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले आफ्नै आयोजनामा तयार गरेको आइसोलेसनमा ५ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सम्बन्धि आवश्यक सामाग्रीहरु तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए ।
आइसोलेसनमा हाललाई कोभिड अस्थायी अस्पतालका दुईजना डाक्टरहरु र पोबाङ स्वास्थ्य चौकीका डाक्टरहरुलाई खटाइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताए ।
साथै गाउँपालिकाले कोरोना परिक्षणको लागि एन्तिजेन समेत खरिद गरिसकेको र अबको केही दिनमा परिक्षण सुरु गर्ने स्वास्थ्य संयोजक बुढाले जानकारी दिए ।








