१३ बैशाख २०८१, बिहिबार

३ युवाको सक्रियतामा सुनवल नगरपालिकालाई ४० थान अक्सोमिटर सहयोग

प्रकाशित मिति :  18 May, 2021 7:54 pm


परासी । कोभिड–१९ का संक्रमितहरूको अक्सिजन लेबल जाँच गर्न सुनवलका स्थानीय युवाले नगरपालिकालाई ४० थान पल्स अक्सोसमिटर उपलब्ध गराएका छन् ।

आईसोलेसनमा बसीरहेका कोभिड–१९का संक्रमितहरुको अक्सिजन लेबल जाँच्न अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । सुनवलका ३ जना युवाले मिलेर ४० थान अक्सिमिटर खरिद गरि सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

खिम बहादुर थापाक्षेत्रीले ११ थान, सुनवल-३ निवासी ज्ञानु गुरुङ्ग र उनका छोरा अभिनाश गुरुङ्गले २९ गरि कुल ४० थान पल्स अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरेका हुन् ।

पल्स अक्सिमिटर ग्रहण गर्दै नगर प्रमुख थापाले यस्तो माहामारीको समयमा यो सहयोग निकै मह्त्व राख्ने भन्दै महामारी रोकथाम र संक्रमित विरामीहरुको उपचारमा हामीसबैले आवश्यक सहयोग र भूमिका खेल्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !