१९ आश्विन २०८१, शनिबार

सहयोगी संस्कारलाई बेतुके ‘ट्रोल’ सँग नसाटौं

प्रकाशित मिति :  23 March, 2020 11:01 am


एकातिर कोरोनाबारे त्रास फैलाउने काम मुलधारकै भनिएका मिडियादेखि, अनलाइन, युट्युव र सामाजिक संजालहरुमा भइरहेका छन् भनेसामाजिक मूल्यमान्यताको हेक्का नराखी बनाइएका कतिपय ट्रोलहरु पनि भाइरल भइरहेका छन् । ‘बुढा भएका सासु, ससुरालाई घरमा छाडेर सहर झरेकी बुहारी कोरोनाको डरले फर्केर त्यो कालो कराइ कसरी माझ्लान्?’, ‘चाइनाको सामान डुब्लिकेट भन्छ तर त्यो कोरोना चै ओर्जिनाल बनाएछ’, ‘भुकम्प आए गाउँ, महामारी आए गाउँ, आखिर चाहिने त्यो पाखो गाउँ’ जस्ता ट्रोल सामाजिक संजालमा व्यापक बनाइदैछन् । के सरकारले यस्तै ट्रोल बनाउन र सेयर गर्न छुट्टी दिएको हो त?

————-लक्ष्मी ज्ञवालीकाे विचार————-

विश्व यतिबेला कोरोना (कोभिड १९) सँग लड्दै छ । चीनको बुहानबाट सुरु भएको एक भाइरस आज विश्वभर फैलिएको छ । मानवियताको रक्षा विश्वको प्रमुख मुद्दा बनेको छ । यो विश्वयुद्धताकाको विश्व समाजको परिकल्पना भन्दा कम छैन । किनकी युद्धको बेला मान्छेको ज्यान जोगाउने कुरा, खान, बस्न पाउने कुरा नै प्रमुख हुन्छ । यसै पनि विश्वभर कोरोनाबाट मुक्त हुन मुलुकहरुले ‘लकडाउन’ गरिरहेका छन् । अर्थतन्त्रमै उथलमुथल भएको छ । यो मिनी संकटकालकै अवस्था हो ।

नेपालमा पनि सरकारले २१ गतेसम्ममा अत्यावस्यक सेवा बाहेक सबै सेवा बन्द गराएको छ । गत चैत ५ गतेसम्म शैक्षित संस्थाहरुलाई वार्षिक परिक्षाहरु सक्न भनेर पहिले नै सूचना जारि गरिएको अवस्था थियो । गत सुक्रबारको प्रधानमन्त्रीको सम्बोधन र त्यो सम्बोधनलाई अनुमोदन गर्दै आगामी कार्ययोजनासहित अगाडि बढ्नेलगाएतका निर्णय गरेको आइतबार (चैत ९) को मन्त्रीपरिषद्को वैठकले थप सतर्कताको सुनिश्चितता गरेको छ । एक सातालाई नाका बन्द गर्नेसहितको निर्णय कोरोना नियन्त्रणका लागि गरिएका राम्रा पहल हुन् । सरकारको पहललाई नेपाली जनताले पनि साथ दिइरहेको अवस्था छ । २५ जनाभन्दा बढी भेला नहुनेदेखि सकेसम्म बाहिर ननिस्कनेसम्मका सरकारी निर्णय मान्दै जनता सेल्फक्वारेन्टाइनमा छन् । यो सब राष्ट्रिय संकटबाट पार पाउनलाई गरिएका सरकार–जनताका सकारात्मक पहलका कदम हुन् ।

स्कुल, कलेज, होटेल, रेष्टुरेन्ट, सार्वजनिक भिडभाड हुने कार्यालयहरु सबै भन्द हुँदा सहर सुनसान हुँदै गएका छन् । दशैं, तिहार लगाएतका चाडबाडमा सून्य हुने काठमाडौं लगाएत नेपालका मुख्य सहरहरु सम्भतः चाडवाड बाहेकका समयमा भुकम्प र नाकाबन्दीपछि अहिले रित्तिएका छन् । सहरीया जनता गाउँ पसेका छन् । यो दशैं, तिहार भन्दा बाहेकको समयमा सामाजिक मिलनका लागि आएको अवसरको रुपमा लिन सकिने विषय पनि हो । यस्तोमा सामाजिक संजालको प्रयोग बढेको छ । तर इन्टरनेटको प्रयोग सामाजिक सद्भाव जगाउने भन्दा पनि भड्काउनेमा पनि उत्तिकै देखिन्छ । एकातिर कोरोनाबारे त्रास फैलाउने काम मुलधारकै भनिएका मिडियादेखि, अनलाइन, युट्युव र सामाजिक संजालहरुमा भइरहेका छन् भनेसामाजिक मूल्यमान्यताको हेक्का नराखी बनाइएका कतिपय ट्रोलहरु पनि भाइरल भइरहेका छन् । ‘बुढा भएका सासु, ससुरालाई घरमा छाडेर सहर झरेकी बुहारी कोरोनाको डरले फर्केर त्यो कालो कराइ कसरी माझ्लान्?’, ‘चाइनाको सामान डुब्लिकेट भन्छ तर त्यो कोरोना चै ओर्जिनाल बनाएछ’, ‘भुकम्प आए गाउँ, महामारी आए गाउँ, आखिर चाहिने त्यो पाखो गाउँ’ जस्ता ट्रोल सामाजिक संजालमा व्यापक बनाइदैछन् । के सरकारले यस्तै ट्रोल बनाउन र सेयर गर्न सरकारले छुट्टी दिएको हो त?

हेर्दा मनोरंजनको लागि ल्याइएको सामान्य कुरा हो तर यस्ता ट्रोलहरुले सामाजिक मूल्य मान्यता विपरित सन्देश दिइरहेका छन् र संविधानको मर्म विपरित नेपालको अन्तराष्ट्रिय सम्बन्धमा चिसोपना ल्याउनेतर्फ खालका सन्देशहरु प्रवाह हुनु राम्रो होइन । बनाउने त बनाउछन्, हेरेर रमाइलो मान्दै वौद्धिक जमात भनिएकाहरु नै सेयर गरेर रमाइरहेको देख्दा पो झन ताजुब लाग्छ । नेपाली संस्कारलाई बेतुके ट्रोलसँग नसाटौं । पुर्खाले दिएको असल संस्कारको खिल्ली उडाउनु राम्रो होइन ।

विपद्को सामना गर्न हामीलाई भुकम्प र नाकाबन्दीले सिकाइ सकेको छ । भैपरी आउने एक अर्काको सहयोग गर्ने नेपाली संस्कार विपद्कै बेला बढी लागू गर्छौं हामी । भुकम्प र नाकाबन्दीका बेला गाडि नपाएर भौतारिएका यात्रुलाई सहयोग गर्ने संस्कार आज टुटल र पठाओ एपको रुपमा समाजिक–आर्थिक संस्कारका रुपमा विकसित भएका छन् । सुख दुखमा साथ दिने संस्कारको पालना त फेरि पनि कोरोनाले सिकाएको छ । तर, एक अर्कामा होच्याएर आफूले मजा लिने वा समाजिक संजालमा अनावश्यक रोष पोख्ने कुसंस्कार भने अझै सामाजिक संजालमा छताछुल्ल भइरहेको देखिन्छ । आफू रमाउन पाइन्छ तर अरुलाई नरमाइलो हुने गरि हैन, आफू खानुस् तर अरुको गाँस खोसेर हैन ।

जहाँसम्म सहर र गाउँको कुरा छ, गाउँ छ र सहरको महत्व छ भने सहर छ र गाउँको महत्व छ । एकअर्काको महत्व र अस्तित्व स्वीकार्न किन सक्दैनौं हामी ? सक्नुपर्छ । तराइ, पहाड, हिमाल, चार जात छत्तिस वर्णको फुलबारी हौं हामी । बेतुके ट्रोल, हावादारी अनलाइन र फेक न्युजका पछाडि नलागौं । जहाँ छौं, त्यही रमौं । मुख्य कुरो आफ्नो परिवारलाई कोरोनाबाट जोगाउन सावबाधी अपनाऔं । परिवार सुरक्षित भए समाज सुरक्षित रहन्छ, समाज सुरक्षित रहे देश सुरक्षित रहन्छ । देश सुरक्षित भए हिमालयको काखमा रहेको सानो नेपालको शान सगरमाथा झैं उचो रहन्छ । कोराना विरुद्धको लडाइ एक भएर लडौं । जीत हाम्रो सुनिश्चित छ ।



प्रतिक्रिया दिनुहोस !