१५ चैत्र २०८०, बिहिबार

सन्धिखर्क बजार भित्र रहेका छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण

प्रकाशित मिति :  5 November, 2022 7:15 pm


अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले सन्धिखर्क बजार भित्र रहेका छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ ।

सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेको भन्दै स्थायी बन्ध्याकरण सुरु गरेको हो ।

बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको नगरपालिकाको भनाई छ ।

रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

नगर भित्र रहेका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकित्सकको टोलीले कुकुरहरुको स्थायी बन्ध्याकरण गरिरहेको छ ।

आजदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिनसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !