७ बैशाख २०८१, शुक्रबार

रुन्टीगढी गाउँपालिकाका प्रधानाध्यापकहरूलाई शैक्षिक सुधारबारे प्रशिक्षण

प्रकाशित मिति :  7 November, 2022 7:51 am


रोल्पा । रुन्टीगढी गाउँपालिकाले गाउँपालिका भित्रका प्रधानाध्यापकहरुलाई शैक्षिक सुधारबारे प्रशिक्षण दिएको छ ।

नियमित रुपमा हुने प्रध्यानाध्यापकहरूको बैठकमा शैक्षिक सुधार र स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ दामोदर शर्माले प्रशिक्षण दिएका हुन् ।

गाउँपालिका अध्यक्ष जनक पुन र प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीको उपस्थितिमा भएको बैठकमा विज्ञ शर्माले स्थानीय तहको शैक्षिक सुधारबारे प्रशिक्षण दिएका थिए ।

नियमित बैठकमा ५५ जना प्रधानाध्यपकको उपस्थिति रहेको थियो । गाउँपालिकाले विद्यालय तहको स्थानीय पाठ्यक्रम समेत निर्माण गर्दै छ ।

गाउँपालिकाले आगामी शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम सुरु गर्न पाठ्यक्रम समिति निर्माण गरेको छ ।



प्रतिक्रिया दिनुहोस !