सुनिलस्मृति गाउँपालिका अध्यक्ष बुढाथोकीद्वारा विद्यालयको नवनिर्मित भवन उद्घाटन
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेवाङमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
४ कोठे भवनको एक कार्यक्रमकाबिच बिहिवार सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
शुभम निर्माण सेवाले ठेक्का पाएको भवनको लागत ७७ लाख २७ हजार ९ सय ९८ रुपैयाँ थियो ।

२०८० असार २९ मा काम कार्य सम्पन्न गर्ने गरी २०७९ असार १२ गते सुनिलस्मृति गाउँपालिका र शुभम निर्माण सेवाले आयोजनामा सम्झौता गरेको थियो ।
शुभम निर्माण सेवाले कार्य सम्पन्न गर्ने सम्झौता भन्दा २ महिना अगावै भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।
विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाथोकीले निर्माण कार्यको सम्झौता भन्दा अगावै कार्य सम्पन्न गरेकोमा शुभम निर्माण सेवालाई धन्यबाद दिए ।








