१४ बैशाख २०८१, शुक्रबार

सुनिलस्मृति गाउँपालिका पूर्ण खोप सुनिश्चिता पालिका घाेषणा

प्रकाशित मिति :  30 May, 2023 2:32 pm


रोल्पा । सुनिलस्मृति गाउँपालिका पूर्ण खोप सुनिश्चिता पालिका घाेषणा भएको छ । घोषणा सभा गरेर गाउँपालिकाले आज पूर्ण खोप सुनिश्चिताबारे जानकारी दिएको हो ।

गाउँपालिकाले घरधुरी सर्वेक्षण गरेर ० देखि १५ महिनाको बच्चा र १६ देखि ५९ महिनाको बच्चा अर्थात जन्मेदेखि पाँच वर्षको बच्चाहरू सबैले खोप प्राप्त गरेको सुनिश्चिता गरेको छ ।

गत चैतमा गाउँपालिकाले सर्वेक्षण गरेपछि वडाहरूमा सुरुमा खोप सुनिश्चिताको घोषणा गरिएको थियो । सुनिलस्मृति गाउँपालिका भित्र वैशाख १४ गते वडा नम्बर ५ लाई खोप सुनिश्चिता वडाको घोषणा गरिएको थियो ।

क्रमश सबै वडालाई खोप सुनिश्चिता गरेपछि आज गाउँपालिकालाई खोप सुनिश्चिता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सावित्री कुमारी थापाले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !