३ जेष्ठ २०८१, बिहिबार

भारतमा नेपाल लगायत छिमेकी मुलुकको सबैखाले लगानीमा रोक,भारतीय कम्पनी चिनियाँ कम्पनीलाई बेच्न सकिने आंशका

प्रकाशित मिति :  19 April, 2020 8:58 pm


काठमाडाै, ७ वैशाख ।

भारतले चीन र नेपाललगायत सीमा जोडिएका सबै देशहरूबाट आउने प्रत्यक्ष अप्रत्यक्ष सबै किसिमको लगानीमा रोक लगाएको छ ।
यस्ता विदेशी लगानीका लागि सरकारसँग पूर्व स्विकृति लिनुपर्ने गरीे रोक लगाएको हो ।

उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागले शनिबार जारी गरेको प्रेस नोट थ्रीमा भारतको भूमिसँग सिमा जोडिएका विदेशी लगानीका लागि स्विकृति लिनुपर्ने उल्लेख गरी यसको जानकारी दिएको छ ।

साथै भारतमा रहेको कुनै व्यापारिक एकाईमा विद्यमानमा वा भविष्यमा हुने स्वामित्व हस्तान्तरणमा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको स्वामित्व हस्तान्तरण गर्न सरकारी अनुमति लिनुपर्ने छ ।

यसअन्तर्गत चीन र हङकङ आधारित लगानीकर्ताहरूको विदेशी स्वामित्वको बारेमा सेक्युरिटी सम्बन्धी नियामक निकाय सेबीलाई जानकारी लिन भनिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण भारतीय कम्पनीको अधिग्रहण र अवसरको खरिदमा रोक लगाउन प्रेस नोट जारी गरिएको हो ।
उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन र गृहमन्त्रालयबीचको छलफल पछि केही देशबाट हुन सक्ने लगानी र कम्पनी खरिदको विषयमा थप निगरानी बढाउन निर्णय गरिएको छ ।

कोरोनाभाइरस महामारीले उत्पन्न आर्थिक तनावका कारण भारतीय कम्पनी चिनियाँ कम्पनीलाई बेच्न सकिने आंशकाका कारण यो कदम उठाइएको आशंका छ ।

यस्ता विषयमा कांग्रेस नेता राहुल गान्धीले गत साता चिन्ता जाहेर गरेका थिए ।

राहुल गान्धीले राष्ट्रिय संकटका बेला भारतीय कम्पनीको स्वामित्व परिवर्तनका लागि विदेशी लगानी रोक लगाउनै पर्ने बताएका थिए ।

राहुलको ट्विटमा चिनियाँ केन्द्रीय बैंकले एचडीएफसी बैंकमा एक प्रतिशतको हिस्सा बढाउने निर्णय गरेपछि यो चिन्ता देखिएको थियो ।

यो सूचना जारी भएपछि नेपाल लगायत भारतका भूमिसँग जोडिएका ७ देशहरूबाट हुने यस्ता गतिविधिमा रोक लगाइएको छ ।

भारतले वर्षौ देखि विदेशी लगानीका लागि बाटो खुला गर्दै आएको थियो । विदेशी लगानीभारतका अधिकांश क्षेत्रमा आयो ।
विदेशी लगानीलाई परीक्षण गरी अनुमति दिने काम विश्वभर अगाडि बढाइएको देखिएको छ ।

युरोपेली युनियनमा सन् २०१९मा यो विधि अपनाईएको थियो । चिनियाँ लगानी रोक्न अमेरिकाले पनि यो विधि अपनाएको थियो । अस्ट्रेलियाले मार्चमा यो विधिलाई अस्थायीरूपमा विदेशी लगानी रोक्ने नियम बनाएको छ ।

विज्ञहरूले चिनियाँ लगानीलाई प्रभावित पार्ने बताएका छन् ।

चीनका टेक लगानीकर्ताहरूको लगानी ४ अर्ब अमेरिकी डलर बराबरको लगानी भारतीय स्टार्टअपमा गरिएको अनुमान छ । भारतका ३० युनिकर्न मध्ये १८मा चिनियाँ लगानी रहेका छन् ।

यसअघि स्वामित्व परिवर्तनका लागि बंगलादेश र पाकिस्तानका नागरिकहरूमाथि लगाइएको थियो । अब यो रोक आदेश चीन, नेपाल, बर्मा, म्यानमार, भुटान र अफगानिस्तानका नागरिकहरूमाथि लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !