२५ बैशाख २०८१, मंगलबार

‘कृषि यान्त्रिकरणको विकासका लागि सरकारी नीति लचिलो हुनुपर्यो’

प्रकाशित मिति :  7 January, 2024 9:19 am


काठमाडौँ। प्रदर्शनीको दोस्रो दिन शुक्रवार ‘दिगो कृषि यान्त्रीकरणको लागि स्वदेशमा कृषि औजार उत्पादन प्रवर्धन’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरियो। 

कार्यक्रममा सरोकारवालाहरूले नेपालको कृषि यान्त्रिकरणको विकासका लागि सरकारले लचिलो नीति बनाउनुपर्ने विषयमा जोड दिएका छन् । 

दिगो कृषि यान्त्रीकरणको लागि स्वदेशमा कृषि औजार उत्पादन प्रवर्धन गर्न सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रमको सुरुवात गर्दै कृषी विभागकी वरिष्ठ कृषि इन्जिनियर संगिता श्रेष्ठले तीनै तहको सरकार र नीजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको उनले बताइन् । 

राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र खुमलटारका प्रमुख डा। श्रीमत श्रेष्ठले नेपालको कृषि यान्त्रिकरणको इतिहास धेरै लामो नभएको चर्चा गर्दै नेपालमा विदेश पलायन हुने क्रम बढ्दै जादाँ श्रमिकको कमि भएपछि किसानले पनि कृषिमा यन्त्रको आवश्यकताको महसुस गरेको र सोही अनुरुप सरकारले पनि काम गर्दै अगाडि बढेको उनको भनाइ छ। 

सन् २००४ मा कृषि इन्जिनियरिङ निर्देशनालयको स्थापनाले कृषि यान्त्रिकरणमा राम्रो योगदान दिएको र सन् २०१४ मा स्थापना भएको नामियाले यस काममा थप सहयोग पुगेको उनको भनाइ छ । 

एक दशक अगाडिसम्म २ प्रतिशत किसानले मात्र पावर टेलर प्रयोग गर्ने गरेकोमा हाल यो संख्या ११।४ प्रतिशत पुगेको छ ।२२ प्रतिशतले मात्र ट्रयाक्टर प्रयोग गर्थे भने अहिले ४० प्रतिशतसम्म यो संख्या पुगेको श्रेष्ठले जानकारी दिए।

 ूयान्त्रीकरण व्यापक रुपमा तराइ क्षेत्रमा भएको देख्न सकिन्छ । तराइमा कृषि मेसिनरीको प्रयोग ९० प्रतिशत सम्म भएको देख्न सकिन्छ,” श्रेष्ठले भने, “बाली लगाउने, भित्र्याउने देखि लिएर प्रशोधन गर्नेसम्मका मेसिनरिहरू तराई क्षेत्रमा प्रभावकारी रुपमा प्रयोग भएको देख्न सकिन्छ ।”

नामियाका सचिव गौरव श्रेष्ठले ९५ प्रतिशत भन्दा बढी कृषि यान्त्रीकरण प्रविधिहरु भारत र चीनबाट आयात हुने गरेको जानकारी गराउदै नेपालमा यान्त्रीकरण प्रविधिहरुको उत्पादनका निम्ति ठोस कानुन वा सुविधाको व्यवस्था नरहेकाले उद्योग संचालन गर्न व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेको बताए।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख मेकानिकल इन्जिनियर रितेश देवले ुरााष्ट्रिय आविष्कार केन्द्रको विरगन्ज कृषि औजार कारखाना चलाउने भावी योजनाु विषयमा प्रस्तुत गरेका थिए । भविष्यमा सरकार र नीजि स्स्थाहरूसँग सहकार्य गरेर मेसिनको उत्पादन तथा वितरण गर्ने उनले बताए ।

कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले यान्त्रीकरण नीति लागू भएपछि ठूलो परिवर्तन भएको बताए। यान्त्रिकरणको विकासलाई  अगाडी बढाउन संस्थागत रुपमा परिवर्तन ल्याउनुपर्ने कुरालाई मनन गर्दै मन्त्रालयले काम अगाडि बढाइसकेको उनले बताए। 

कृषि विधेयक पनि बन्दै गरेको जानकारी दिँदै केसीले आयात लगायतका कुरामा अहिलेका प्रावधानहरूमा प्रष्टता ल्याउनुपर्ने कुरामा छलफल भइरहेको र आगामी बजेटबाट थप स्पष्ट व्यवस्था गर्न पहल भइरहेको बताए।

“हामी बजेट निर्माणको तयारीमा छौं । कच्चा सामग्री तथा मेसिनरीमा लाग्ने भन्सार करसंग सम्बन्धित केही विषय भए मन्त्रालयमा बुझाउन अनुरोध गर्दछु,”  केसीले भने, “देशमै उत्पादन हुने स्पेयर पार्टसहरू अथवा अन्य औजार उत्पादनका लागि के कस्ता कुराहरू आवश्यक छन् ती कुराहरू सरकारलाई सुझाव दिनुहोस् ।” 

यान्त्रिकरण नीति आएको यो १० वर्षमा किसानलाई अनुदानमा दिने काम गरिएको र अब भने किसान आफैले खरिद गर्न सक्ने स्थितिमा पुर्‍याउने काम गर्नुपर्नेमा केसीको जोड छ। मेसिन सस्तो बनाउने, स्वदेशी उपकरण उत्पादन गर्ने लगायतका कुराहरूमा ध्यान दिनुपर्ने र सरकराले यसमा पहल गरिरहेको बताए।

संघीय उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उपसचिव प्रकाश आचार्यले उद्योग मन्त्रालयले कृषि यान्त्रीकरणको क्षेत्रमा भएगरेका कामहरूको विषयमा जानकारी दिएका थिए । मन्त्रायले स्टार्टअप कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको र यसको कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा रहेको उनले जानकारी दिए । 

अन्तरक्रियामा बोल्दै नामियाका अध्यक्ष कृष्ण शर्माले मेसिनरी मूल्यको एकरुपताका लागि नामियाले सधैँ पहल गर्दै आएको  जानकारी दिँदै नामियाका सदस्य कम्पनीहरूले मेसिनरीको मूल्य सधैँ एकै राख्ने व्यवस्था गरेको बताए । 

सामान लिने बेलामा लिखित सम्झौता र मर्मतको ग्यारेन्टि नभएको व्यापारीबाट मेसिनरी खरिद नगर्न उनले कार्यक्रम मार्फत किसानलाई आग्रह गरेका छन्। व्यापारी र किसान दुवैलाई अप्ठेरोमा पार्न सक्ने उनले बताए । मेसिनरी प्रयोगमा आएका समस्यामा सरकार र नीजि क्षेत्र मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । 

नविल बैंकका साना तथा मझौला उद्यम बैंकिङ प्रमुख अमित श्रेष्ठले बैंकिक क्षेत्र पहिलेभन्दा धेरै परिवर्तन भएको र धितोविना बैंकले ऋण दिदैँन भन्ने विचारधारा गलत रहेको दावी गरे । 

“यो वास्तविकता होइन । नबिल बैंकको हकमा हामीले साना किसानदेखि लिएर ठूला व्यवासायिहरूलाई पनि हामीले ऋण दिइरहेका छौं” उनले भने, “हामी धितोको आधारमा भन्दा पनि व्यापारको अवधारणाको आधारमा ऋण दिने गर्छौं । राम्रो प्रस्ताव भएको खण्डमा हामी ऋण उपलब्ध गराउँछौं ।” 

नविल बैंकले आफ्नो सबै शाखाबाट कृषि ऋण उपलब्ध गराइरहेको पनि जानकारी गराए । विदेशबाट फर्किएर कृषि गर्नेहरूलाई विशेष व्याजदर सहितको ऋण उपलब्ध गराइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !