२० बैशाख २०८१, बिहिबार

नेपालम पनि काेराेना संक्रमण: यसरी बच्नुहाेस् (टिप्स)

प्रकाशित मिति :  24 January, 2020 10:25 pm


काठमाडाैं, १० माघ । 

चीनबाट फैलिएकाे काेराेना भाइरस नेपालमा पनि भेटिएकाे स्वास्थ्य मन्त्रालयले पुष्टी गरेकाे छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि जानकारी गराउनु भएकाे हाे ।

हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको छ । उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले बताउनु भएकाे छ ।

विमानस्थलको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाइको छ र स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिने प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएकाे छ । अमेरिका, जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत फेलापरेकाे याे भाइरस नजिककाे छिमेकी नेपालमा पनि भेटिने सम्भावना भएकाले उच्च सतर्कता अपनाइएकाे हाे ।

काेराेनाबारे बुझ्नुहाेस्, यसरी बच्नुहाेस्

वैज्ञानिकका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो। जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ।विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सीओभी’ नाम दिएका छन् । हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो।जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ।सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ । कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन।बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ। चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ। अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !