१५ बैशाख २०८१, शनिबार

करछलीको आरोपमा कोकाकोला विरुद्व रू. ७ अर्ब ४३ करोडको मुद्दा दायर

प्रकाशित मिति :  11 March, 2022 3:35 pm



काठमाडौं । बहुराष्ट्रिय पेय-कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा राजस्व अनुसन्धान विभागले कर छलीमा अनुसन्धान थालेको १४ महिनापछि मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा आज मुद्दा दायर गरेको हो । काेकाकाेलाले नेपालमा कर छलीबारे लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागिजनले खुलासा गरेकाे थियाे ।

विभागले कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते १ बजे छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएर अनुसन्धान सुरू गरेकाे थियाे ।

कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्डस्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई बिक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै  सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको ।
कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।- हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।- लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।- प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको बिभागले जनाएकाे छ ।

बिभागले,कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।- हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।- लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।- प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको बिभागले उल्लेख गरेकाे छ ।

सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा रु.४,९६,७९,५५,४४७।- पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५% का दरले  रु १,२४,१९,8८,८६२।-, ऐ.ऐनको दफा ७(१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु.३,४१,००,९५०।- ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।-, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.१,१०,२२,६५,११५।- र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,८६२।- समेत कुल विगो रु. ३,७१,८१,५०,४११।- राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको उल्लेख गरेकाे छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रया पूरा गरी आ.व. २०७१।0७२ को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको बिभागकाे भनाइ छ ।

राजस्व अनुसन्धान विभागकाे विज्ञप्ती

प्रेस विज्ञप्ती

राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।११।२७  गते दायर गरिएको ।

  • कसूरको संक्षिप्त विवरण तथा बिगो:

नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार २०७१/०७/०७ मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै  सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।०० हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।00 लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।०० प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको। सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा रु.४,९६,७९,५५,४४७।०० पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५% का दरले  रु १,२४,१९,8८,८६२।००, ऐ.ऐनको दफा ७(१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु.३,४१,००,९५०।०० ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।00, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.१,१०,२२,६५,११५।०० र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,8६२।०० समेत कुल विगो रु. ३,७१,८१,५०,४११।०० राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन 2058 को दफा 57 को प्रक्रया पूरा गरी आ.व. 2071।072 को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको ।

  •  प्रतिवादीहरुको विवरण:
  • जिल्ला काठमाडौं, का.म.न.पा. वडा नम्बर 16  बालाजु ‌औधोगिक क्षेत्र स्थित बोटलर्स नेपाल  लिमिटेड(स्थायी लेखा नम्बर 300048362)
  •  ऐ. कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने देहाय बमोजिमका वोर्डका सदस्यहरुः
क्र.सं.प्रतिवादीको नाम, थरजिम्मेवारी
 Ms. Shukla WassanChairperson
 Melvin Tan Chun PinDirector
 Mohamed Amin GhoneimDirector
 Mr. Gaurav KhoslaDirector
 Sundeep BajoriaDirector
 Debabrata MukherjeeDirector
 Mr. Sumanta DattaDirector
 Mr. Jawahar Solai KuppuswamyDirector
 Mr. Sanket RayDirector
  • ऐ. कम्पनिको प्रवन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका देहाय बमोजिमका पदाधिकारीहरुः
क्र.सं.प्रतिवादीको नाम थरजिम्मेवारी
 Mr. Pradip PandeyManaging Director
 Mr. Puneet Chandrapal VarshneyManaging Director
 Rajeev TandonFinance Manager
 भरतबाबु दहालFinance Manager
 Sumit GoyalFinance Manager
 अशोक कुमार मण्डलFinance Controller
 डा. त्रिलोचन उप्रेतीBoard Director
 संजिव कुमार मिश्रChartered Accountant
  • सजायको मागदावी:

Offshore Indirect transaction मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित ऐ, दफा ४ को (क) र (च) वमोजिम र सो ऐनको संसोधित व्यवस्थामा निरन्तरता दिइएको दफा ४(क) र (च) बमोजिम कार्य गरि राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकोले प्रतिवादीहरु बोटलर्स नेपाल लिमिटेड,  Ms. Shukla Wassan, Melvin Tan Chun Pin, Mohamed Amin Ghoneim, Mr.Gaurav Khosla. Sundeep Bajoria, Debabrata Mukherjee, Mr. Sumanta Datta, Mr. Jawahar Soali Kuppuswamy र Mr.Sanket Ray लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१)(संसोधित दफा २३(१)) बमोजिम  बिगो रकम रु ३,७१,८१,५०,४११।00  असुल गरी बिगोको शत प्रतिशत जरिवाना रु. ३,७१,८१,५०,४११।00गरी जम्मा रु. 7,43,63,00,822।00 (अक्षरेपी सात अर्ब त्रिचालिस करोड त्रिसठ्ठी लाख आठ सय बाइस मात्र) ऐ.दफा २३(१)(घ) बमोजिम कैद सजाय र दफा २३(४) बमोजिम ब्याज समेत असुल गर्न र  प्रतिवादीहरु Mr. Pradip Pandey, Mr. Puneet Chandrapal Varshney, Rajeev Tandon, भरतबाबु दाहाल, Sumit Goyal, अशोक कुमार मण्डल,  डा.त्रिलोचन उप्रेती तथा संजिव कुमार मिश्रलाई  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२  को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको  छ।

यो पनि पढ्नु होस् ।

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित



प्रतिक्रिया दिनुहोस !