१५ बैशाख २०८१, शनिबार

अनुसन्धानको १४ महिनापछि कोकाकोलामाथि मुद्दा चलाइँदै

जरिवाना र ब्याजसहित करिब ७ अर्ब रुपैयाँको बिगो मागदाबी गर्ने तयारी
प्रकाशित मिति :  3 March, 2022 11:14 am


काठमाडौं । बहुराष्ट्रिय पेय- कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडकाे स्वामित्व किनबेचमा राजस्व अनुसन्धान विभागले कर छलीमा अनुसन्धान थालेको १४ महिनापछि अन्ततः आउँदो साता मुद्दा दायर गर्ने भएको छ । विभागले ‘केही प्रशासनिक प्रक्रिया’ पूरा गरेर आगामी सोमबारसम्म अदालतमा मुद्दा लैजाने तयारी गरेको हो ।

विभागले आवश्यक सबै अनुसन्धान पूरा गरेर गत भदौ २६ गते नै उच्च सरकारी वकिल कार्यालय पाटनमा रायका लागि अभियोजन फायल पठाएकोमा सो कार्यालयले हालै ५ बुँदे टिप्पणीसहित फायल फिर्ता गरेपछि कोकाकोलामाथि मुद्दा चलाउने ढोका खुलेको हो । उच्च सरकारी वकिल कार्यालयले ‘ठूला करदाता कार्यालयबाट कर मूल्यांकन गराइए-नगराइएको’ भन्ने प्रश्नसमेत गरेको थियो ।

“राजस्व अनुसन्धान विभागले कर छलीमा अनुसन्धान गर्ने फायलमाथि हामीले मूल्यांकन गर्ने कुरै उठ्दैन । सोहीअनुसारको राय लेखी पठाइएको छ,” ठूला करदाता कार्यालय स्रोतले भन्यो ।

बोटलर्स नेपालका व्यवस्थापकहरूले मुद्दाबाट बच्न ‘लागेको कर तिर्ने’ तर मुद्दा नचलाइ दिन भन्दै राजनीतिक र प्रशासनिक उपल्लो तहबाट लबिङसमेत गराएका थिए । आन्तरिक राजस्व विभागका प्रमुख, अर्थसचिवसहितकाे एक बैठकमा यो विषयमा हात हालेमा भोलि गएर कानुनी रुपमा फँसिने भएकाले यस विषयमा राजस्व अनुसन्धान विभागलाई नै प्रक्रियागत रुपमा अघि बढ्न दिइनु उपयुक्त हुने निष्कर्ष निकालिएको अर्थमन्त्रालय स्रोतले बतायो ।

बोटलर्स नेपालको स्वामित्व नेपाल बाहिर सन् १९९२ देखि नै पटक-पटक किनबेच भइरहेको टक्सार आर्थिक म्यागजिन र लुम्बिनी सञ्चार.कमले खुलासा गर्दै आएको छ । जसमध्ये सन् २००४ र २०१४ को स्वामित्व किनबेचमा नेपाल सरकारलाई तिर्नुपर्ने आकस्मिक लाभकर, पुँजीगत लाभकर र अग्रीम आयकर नतिरी कर छली गरिएको हो ।

राजस्व अनुसन्धान विभागले सन् २०१४ को स्वामित्व किनबेचमा मात्र करिब ४ अर्ब रुपैयाँ राजस्व छली गरिएको ठहर गरेको छ । यसमा जरिवाना र ब्याजसहित करिब ७ अर्ब रुपैयाँको बिगो मागदाबी गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

कोकाकोला कर छली प्रकरणको कदेखि ज्ञसम्म पढ्नु होस्, टक्सार म्यागजिनमा ।




यो पनि पढ्नु होस् ।

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित


 

 

 



प्रतिक्रिया दिनुहोस !