१३ बैशाख २०८१, बिहिबार
कोकाकोला कर छली

कर छलीमा कोकाकोलामाथि मुद्दा दायर हुँदै, ट्रेड युनियन बोले- कर छलीमा हामीलाई किन गुमराहमा राखेको?

प्रकाशित मिति :  10 March, 2022 10:09 am


काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालको स्वामित्व किनबेचमा कर छलिएको विषयमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरिरहँदा कम्पनीमा कार्यरत ट्रेड युनियनले व्यवस्थापनप्रति रोष प्रकट गरेका छन् ।

एमालेसम्बद्ध नेपाल ट्रेड युनियन महासंघको सदस्य संस्था समग्र ट्रेड युनियन नेपालले बुधबार बोटलर्स नेपाल लिमिटेडको व्यवस्थापनलाई दिएको ज्ञापनपत्रमा कर छलीको विषयमा गुमराहमा राखेको भन्दै व्यवस्थापनविरुद्ध रोष प्रकट गरिएको छ । यस विषयमा बोटलर्स नेपाल (तराई) लिमिटेड, भरतपुरका तीन वटै ट्रेड युनियनले यसअघि नै आपत्ती जनाइसकेका छन् । काठमाडौं कारखानामा रहेका कांग्रेस र माओवादी केन्द्रका ट्रेड युनियन भने मौन छन् ।

“कर छलीको विषयमा हामीलाई किन गुमनाम राखियो ? कर छलीजस्तो जघन्य अपराधमा संलग्न जो सुकै भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं,” बोटलर्स नेपाल लिमिटेडको मुख्यालय बालाजुको सूचना पाटीमा टाँसिएको ज्ञापनपत्रमा भनिएको छ ।

बोटलर्स नेपाल लिमिटेडको स्वामित्व नेपाल बाहिर नै पटक-पटक किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर, अग्रिम आयकर, आकस्मिक लाभकरसहितका कर दायित्व नतिरिएको विषयमा राजस्व अनुसन्धान विभागले कर छलीमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।

गत आइतबार नै मुद्दा दायर गर्ने तयारी भए पनि केही प्रशासनिक तयारी नपुगेका कारण मुद्दा दर्ता नभएको विभाग स्रोतले बतायो । “प्रशासनिक तयारी सकिएको छ, अब मुद्दा दायर गर्ने प्रक्रियामा छौं,” विभाग स्रोतले भन्यो ।

सन् २०१४ को स्वामित्व किनबेचमा मात्र करिब ४ अर्ब रुपैयाँ कर छलिएको विभागको निष्कर्ष छ, त्यसमा आयकर ऐनअनुसार लाग्ने जरिवाना र ब्याजसहित ७ अर्ब रुपैयाँको बिगो मागदाबी गर्ने विभागको तयारी छ ।

“हामीलाई पटक-पटक टक्सार/लुम्बनी सञ्चार पत्रिकाले विज्ञापन मागेको थियो, त्यो नदिएको कारणले अनावश्यक रुपमा लेखेको हो, ठूलो कुरा होइन भनेर गलत सूचना दिइरहियो । सरकारको अनुसन्धान प्रक्रियाबारे नै हामीलाई गुमराहमा राखियो,” नाम उल्लेख नगर्न अनुरोध गर्दै एक ट्रेड युनियन पदाधिकारीले भने, “हरि शर्मा र अशोक मण्डलले हामीलाई तपाईंहरूका विरुद्ध माइन्यूट गर्न र विज्ञप्ती जारी गर्न दबाब दिए ।”

स्मरणीय छ, बोटलर्स नेपालको व्यवस्थापनले ‘सामूहिक सौदाबाजी’को नाममा २०७८ असार २८ गते बैठक बोलाइ लुम्बिनी सञ्चार/टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीबारे खोजबिन गर्न ठाडो निर्देशन दिएको थियो । त्यसलगत्तै करिब एक सातासम्म विभिन्न नम्बरबाट प्रधान सम्पादक बुढाथोकीलाई फोन गरि धम्की दिइएको थियो ।

यस विषयमा बुढाथोकीले नेपाल पत्रकार महासंघ, मानव अधिकार आयोग र नेपाल प्रहरीलाई जानकारी दिएपछि धम्की दिने, अज्ञात नम्बरबाट फोन गरेर अनेक सोधखोज गर्ने क्रम बन्द भएको थियो । त्यसलगत्तै काठमाडौंको बालाजुस्थित तीन ट्रेड युनियनलाई सामूहिक विज्ञप्ति जारी गर्न लगाइ कम्पनीले कर छलेको विषयमा ढाकछोप गर्ने प्रयास गरिएको थियो ।

समग्र ट्रेड युनियन नेपालका तर्फबाट दिइएको ज्ञापनपत्रमा सामूहिक सौदावाजीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रोजगारी दिनुपर्ने सम्झौताको ठाडो उल्लंघन गरिएको उल्लेख छ । लुम्बिनी सञ्चारले अघिल्लो वर्षदेखि कम्पनीमा कार्यरत चार जना मजदूरको मृत्यु भए पनि उनीहरूको परिवारलाई कुनै क्षतिपूर्ति नदिएको २०७८ असार १५ गते खुलासा गरेको थियो ।

बोटलर्स नेपाल/कोकाकोलाको स्वामित्व किनबेच हुँदा कसरी कर छलियो? पढ्नुहोस्, टक्सार म्यागजिनको खुलासा

अनुसन्धानको १४ महिनापछि कोकाकोलामाथि मुद्दा चलाइँदै

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित



प्रतिक्रिया दिनुहोस !