१५ बैशाख २०८१, शनिबार
कोकाकोला कर छली प्रकरण

बोटलर्स नेपालका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’

प्रकाशित मिति :  12 March, 2022 3:57 pm


काठमाडौं । बहुराष्ट्रिय पेय कोकाकोलाको नेपाल बोटलिङ प्लान्ट, बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि कम्पनीका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’ भएका छन् ।

स्रोतका अनुसार विभागले मुद्दा दायर गर्ने सूचना चुहिएपछि अघिल्लो बुधबारबाटै कम्पनीका प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, वित्त निर्देशक राजीव टण्डन, वित्त नियन्त्रक अशोक मण्डलसहितका उच्च व्यवस्थापकहरू सम्पर्कविहीन भएका हुन् ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले अघिल्लो बिहीबार भरतपुरमा आयोजना गरेको पिकनिकमा काठमाडौंबाट कोही पनि उच्च व्यवस्थापक नगएदेखि नै ‘केही समस्या भएको’ बुझेका कम्पनीका मजदुरहरूले शुक्रबार भने उनीहरू सम्पर्कविहीन भएको थाह पाएका हुन् ।

“हामीले सबै प्रमुख व्यवस्थापकहरूको मोबाइल र निवासमा सम्पर्क गर्‍यौ‌ । पाण्डे सर पारिवारिक कामले भारत जानु भएकोमा यूपीको चुनावले उतै रोकिनु भएको भन्नेमात्र बताए । मण्डल सर र अरुका बारेमा केही जानकारी पाउन सकेनौं,” शुक्रबार राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेसँगै सम्पर्कमा आएका एक ट्रेड युनियनका पदाधिकारीले भने ।

बोटलर्स नेपालसँग नजिकको सम्बन्ध रहेका एक कानुन व्यवसायीले भने कानुन व्यवसायीहरूसँगको सल्लाहमै कम्पनीका उच्च व्यवस्थापकहरू ‘सम्पर्कविहीन’ भएको बताए । “अदालतमा फरार भनेर मुद्दा दायर भएको हामीले बुझेका छौं । अब अदालतले प्रक्रिया पूरा गरेर म्याद तामेली गर्छ, अवस्थाअनुकूल भएपछि उहाँहरू अदालतमा हाजिर हुनुहुन्छ,” उनले भने ।

उनका अनुसार पब्लिक लिमिटेड कम्पनी भएको र फौज्दारी अभियोगमा मुद्दा दायर भएपछि कम्पनीका उच्च व्यवस्थापन स्वतः निलम्बनसरह हुन्छ ।
स्मरण रहोस्, २०७७ मंसिरमा राजस्व अनुसन्धान विभागले कम्पनीमा छापा मारेसँगै कम्पनीका व्यवस्थापकहरूले लेखा/वित्त शाखासहित मुख्य शाखाका कागज बोरामा हालेर रातारात जलाउने काम गरेका थिए । यस विषयमा जानकारी प्राप्त हुनासाथ विभागले प्रबन्ध निर्देशक पाण्डे र वित्त नियन्त्रक मण्डललाई बोलाइ मौखिम रुपमा कुनै पनि दस्तावेज नजलाउन/नचलाउन निर्देशन दिएको एक विभागकाा अधिकारीले जानकारी दिए ।

विभागले बोटलर्स नेपालले बोटलर्स नेपालको स्वामित्व किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको सतप्रतिशत जरिवानासमेत कायम गरी ७ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाको सतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा कोकाकोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो। यो कोकाकोलाको मुख्य प्यारेन्ट कम्पनी -द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपको अफसोर कम्पनी हो ।

गुत्से परिवारबाट स्वामित्व किनबेच हुनेवित्तीकै गरेको इमेल पत्राचारमा बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले नै स्वामित्व किनेको प्रमाण टक्सार म्यागजिनले प्रकासित गरेको छ ।

यो पनि पढ्नु होस् ।
करछलीको आरोपमा कोकाकोला विरुद्व रू. ७ अर्ब ४३ करोडको मुद्दा दायर

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित




प्रतिक्रिया दिनुहोस !