११ बैशाख २०८१, मंगलबार
कोकाकोला कर छली प्रकरण

कर छली मुद्दा पर्नासाथ सुटुक्कै फर्किइन देवयानी

प्रकाशित मिति :  13 March, 2022 3:41 pm


काठमाडौं । बोटलर्स नेपालको स्वामित्व किनबेचमा राजस्व छली मुद्दा रोक्ने मूल उद्देश्य राखेर नेपाल आएकी कोकाकोला इन्स्वाकी उपाध्यक्ष देवयानी राणा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्नसाथ सुटुक्कै फर्केकी छिन् ।

भारतबाट फागुन २१ गते (मार्च ५ तारिख) भिसारा एयरबाट नेपाल आएकी राणाले उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक भेट गरि मुद्दा रोक्ने अन्तिम प्रयास गरेकी थिइन् । नेपाल आएको केही दिनमै कोकाकोला इन्स्वाका अध्यक्ष संकेत रेलाई राणाले आफूले ‘केस’ मिलाइसकेकोले अब मुद्दा नचल्ने रिपोर्टिङ गरेको स्रोतले बतायो ।

तर, राजस्व अनुसन्धान विभागले फागुन २७ गते (मार्च ११ तारिख) कर छलीमा मुद्दा दायर गर्नासाथ राणा त्यही दिन इन्डिगो एयरबाट दिउँसाे सवा ३ बजेकाे उडानबाट भारत फर्केकी स्रोतले बतायो ।

अहिले कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया (इन्स्वा) हेर्ने गरि अध्यक्ष रहेका संकेत रे बोटलर्स नेपालको पछिल्लो स्वामित्व किनबेचका योजनाकारमध्ये एक मानिन्छन् । हिन्दुस्तान कोकाकोलाका तत्कालीन क्षेत्रीय निर्देशक रहेका संकेत रे सन् २०१४ मा स्वामित्व किनबेच हुँदा सोही कम्पनीका तर्फबाट बोटलर्स नेपालको सञ्चालक समितिका सदस्य नियुक्त भएका थिए । राजस्व अनुसन्धान विभागले रेलाई पनि अभियुक्त सूचिमा राखेको छ ।

राणाले विगत केही महिनादेखि उच्च राजनीतिक तह र प्रशासकहरूसँग निरन्तर भेट गरेर कोकाकोला कम्पनीले लागेको कर तिर्ने, तर राजस्व छलीमा मुद्दा नचलाइ दिन लबिङ गर्दै आएकी थिइन ।

यो पनि पढ्नु होस्

बोटलर्स नेपालका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’

करछलीको आरोपमा कोकाकोला विरुद्व रू. ७ अर्ब ४३ करोडको मुद्दा दायर

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित



प्रतिक्रिया दिनुहोस !