११ बैशाख २०८१, मंगलबार

कर छली प्रकरणपछि बोटलर्स नेपालमा मजदुर विद्रोह

प्रकाशित मिति :  5 April, 2022 10:21 am


काठमाडौं । बहुराष्ट्रिय पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट- बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा राजस्व छली गरिएको प्रकरणमा अदालतमा मुद्दा दायर भएसँगै कम्पनीमा कार्यरत मजदुरहरूको ट्रेड युनियनमा विद्रोह भएको छ ।

बोटलर्स नेपाल लिमिटेडको ९० प्रतिशत सेयर स्वामित्व रहेको तथा मुख्य बोटलिङ प्लान्टका रुपमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडका मजदुरहरूले विद्यमान ट्रेड युनियनका पदाधिकारीहरूले कर छली प्रकरणमा व्यवस्थापनसँग मिलेमतो गरी अन्य मजदुर/कर्मचारीहरूलाई गलत सूचना प्रवाह गरेको भन्दै विद्रोह गरेका हुन् ।

“यत्रो ठूलो कर छली प्रकरणमा हामीलाई व्यवस्थापनले त गुमराहमा राख्यो नै, ट्रेड युनियनका पदाधिकारीले समेत व्यवस्थापनसँग मिलेमतो गरेर मजुदर र समग्र देशलाई नै गुमराहमा राख्ने काम गरेकाले हामीले विद्रोह गरेका हौं,” विद्रोह गरेका एक मजदुर नेताले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने ।

विद्रोह गरेका मजदुरहरूले बोटलर्स नेपाल (तराई) लिमिटेडको भरतपुरस्थित कार्यालयको सूचना पाटीमा नै विद्रोह पर्चा टाँसेका छन्, जसमा हाल क्रियाशील संगठनहरूसँग सम्बन्धित धेरैजसो व्यवस्थापकद्वारा सञ्चालित भएको र व्यक्तिगत स्वार्थका लागि मजदुर नेता बनेको आरोप लगाइएको छ ।

स्मरणीय छ, बोटलर्स नेपालको करिब चार दशक लामो इतिहासमै पहिलो पटक मजुदर-व्यवस्थापनबीचको सामूहिक सौदावाजीको बैठकमा लुम्बिनी सञ्चार.कमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीको नाम नै तोकेर समाचारको स्रोत खोज्न दबाब दिने र समाचारको खण्डन गर्ने निर्णय लेखाइएको थियो भने पछि ट्रेड युनियनहरूका नाममा सामूहिक विज्ञप्ति जारी गर्न लगाइएको थियो । जबकी, त्यो विषय मजदुरसँग सम्बन्धित नभइ कम्पनीको स्वामित्व किनबेचसँग सम्बन्धित थियो ।

“बोटलर्स तराईका पूर्व महाप्रबन्धक र हाल बोटलर्स नेपालका मानव संशाधन प्रमुख हरि शर्मा न्यौपानेले जर्बजस्ति मिडियामा आएका कर छलीका विषयमा पत्रकारको नाम तोकेर लेख्न र खण्डन विज्ञप्ति जारी गर्न लगाएका हुन् । यसमा व्यवस्थापकको मतियार भएर सही गर्ने ट्रेड युनियनका नेताहरूको प्रवृत्तिका विरुद्ध हाम्रो विद्रोह हो,” विद्रोहमा उत्रिएका मजदुर नेताले भने ।

विद्रोही मजदुरहरूले कमिसनखोरी, इन्सेनटिभ र कर छलीका विरुद्धमा अख्तियार र नेपाल राष्ट्र बैंकमा उजुरी गर्ने उल्लेख छ । यस्तै, कम्पनीमा विभिन्न नाममा भ्रष्टाचार भइरहेको, सेफ्टी ट्यांकीदेखि भवन निर्माणसम्म श्रम स्वीकृति नलिइ राज्यलाई कर छली गर्ने काम भइरहेको समेत विद्रोही मजदुर संगठनले आरोप लगाएको छ ।

कम्पनीमा रहेको मूल्यांकनको बेथिति, स्थायी प्रकृतिको काममा भइरहेको बेथिति, तल्लो तहका श्रमिकमाथि शोषणमा संलग्न सिनियरहरूको बेथिति, श्रमिकमारा व्यवस्थापनका विरूद्ध संगठनले काम गर्ने पर्चामा उल्लेख छ ।

यो पनि पढ्नु होस् ।

बोटलर्स नेपालका उच्च व्यवस्थापकहरू ‘अर्ध-भूमिगत’

करछलीको आरोपमा कोकाकोला विरुद्व रू. ७ अर्ब ४३ करोडको मुद्दा दायर

पक्राउ पर्ने डरले ‘भर्चुअल’ बैठक गर्दै बोटलर्स सञ्चालकहरू

कर छलीमा मुद्दा रोक्न ‘हाइप्रोफाइल’ सम्बन्ध प्रयोग गर्दै राणा

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक
कोकाकोलाको अर्को खेलः भदौमा मुद्दा हालेर पुसमा जानकारी

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै
मजदुर युनियनलाई ढाल बनाउँदै कोकाकोला व्यवस्थापन
कोकाकोला कम्पनीले दिएको धम्कीबारे प्रधान सम्पादक बुढाथोकीले फ्रि मिडिया नेटवर्कलाई जानकारी गराए

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’
कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन
फलोअप : ३५ हजार रुपैयाँ मात्रै दिएर कोकाकोला कम्पनीले ‘मिलायो’ मृतक मजदुरको क्षतिपूर्ति प्रकरण
कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित



प्रतिक्रिया दिनुहोस !